प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको इन्सेकको दाबी — OSNepal

प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको इन्सेकको दाबी

LC (KTM) September 19, 2021 0

प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले जनाएको छ । इन्सेकले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको जनाएको छ

मानव अधिकारको अवस्था सार्वजनिकीकरण सहित मानव अधिकार र मानवीय अवस्था विषयक अन्र्तक्रियामा बितरण गरिएको प्रतिवेदनमा महिलामाथि परिवारजनबाट हत्या, बलात्कारपछि हत्याका घटनामा बृद्धि भएको दाबी गरिएको छ । इन्सेकका प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले जनवरी देखि जुन सम्मको अवधिमा ३६६ जना पीडित भएको जानकारी दिए ।

सन् २०२१ को जनवरी देखि मार्चसम्मको अवधिमा राज्य पक्षबाट ३८ र अन्य पक्षबाट १५१ गरि १८९ जना पीडित भएका छन् । अप्रिल देखि जुनसम्मको अवधिमा प्रदेश १ मा १७७ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ । इन्सेकको अभिलेखका आधारमा अप्रिल देखि जुनसम्मको अवधिमा बाल अधिकारका घटना मध्ये हत्या प्रयासमा एक बालक, एक बालिका, यौन दुव्र्यवहारका घटनामा २ बालक, १९ बालिका, बाल विवाहको घटनामा ४ बालिका र बलात्कारकाख घटनामा ५० बालिका गरि ७६ जना पीडित भएका छन् ।

महिला अधिकार अन्र्तगतका घरेलु हिंसामा २४, बहुविवाहका घटनामा १३, बलात्कारका घटनामा २७, बलात्कार प्रयासका घटनामा १० र यौन दुव्र्यवहारका घटनामा ३ जना गरि ७७ जना महिला पीडित भएको प्रलेख अधिकृत अधिकारीले बताउनुभयो ।

जनवरी देखि मार्च सम्मको अवधिमा बालबालिका विरुद्ध भएका हिंसाबाट बेचविखन तथा ओसारपसारमा २, बलात्कारका घटनामा ३४, यौनदुव्र्यवहारका १६, विद्यालयमा दिईने शारीरिक दण्ड सजायबाट र बालविवाहका घटनाबाट ५४ जना बालबालिका पीडित भएको इन्सेक प्रदेश १ का प्रलेख अधिकृत अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर