सेतो शर्ट, सामान्य हेयर स्टाइल, रणबीर सिंहको सादगी देखेर युजर भन्छन्– स्वास्थ्य अवस्था त ठिकै छ ? — OSNepal

सेतो शर्ट, सामान्य हेयर स्टाइल, रणबीर सिंहको सादगी देखेर युजर भन्छन्– स्वास्थ्य अवस्था त ठिकै छ ?

LC (KTM) September 19, 2021 0

बलिउड अभिनेता रणबीर सिंह आफ्नो फेशन सेन्सको लागि एकदमै महशुर रहेका छन् । उनको युनिक तथा स्टाईलिस लुगा देखेर सबै हैरान हुने गरेका छन् । यसै कारण पनि रणबीर पछिल्लो समय मीम्स तथा ट्रोलको शिकार हुन पुगिरहन्छन् ।

तर जे भए पनि रणबीर चर्चामा रहने गरेका छन् । अहिले फेरी एक पटक रणबीरको आफ्नो लेटेस्ट फोटोले सबैलाई सरप्राइज दिएको छ । रणबीर सिंहले अल व्हाइट लुकमा फोटो शेयर गरेका छन् ।

यस तस्बीर उनले सेतो टी शर्ट लगाएको देख्न सकिन्छ । उनको कपाल, दारी तथा जुंगा पनि एकदमै चिटिक्क पारेर मिलाएको देख्न सकिन्छ । उनको यो एकदम सामान्य लुक्सले सबैलाई छक्क पारेको छ ।

रणबीरले उनको कानमा पर्ल टप्स लगाएका छन् । उनको यो टप उनको लुगा संग एकदमै म्याच गरेको छ । उनको यो फोटोले धेरै फ्यानहरुलाई तानेको छ ।

एक युजरले लेखेका छन्– आज यस्तो लागिरहेको छ उनले नुहाएछन् । धेरैले उनलाई यस्तै सिम्पल हुदा एकदमै राम्रो देखिने भन्दै सधै यस्तै लुक्समा रहन आग्रह गरेका छन् । अर्का एक युजरले भनेका छन्– भाई तपाईको मेन्टल हेल्थ त सहि नै छ नि ? यति साधारण कसरी ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर