नेपालका कुशल भुर्तेल ६ रनमा आउट — OSNepal

नेपालका कुशल भुर्तेल ६ रनमा आउट

LC (KTM) September 19, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालद्धारा ओमान बिरुद्ध जवाफी ब्याटिंग थालेको छ । ओमानले नेपाल समक्ष १ सय २२ रनको लक्ष्य दिएको थियो ।

सोही लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालको पहिलो विकेट झरेको छ । नेपालका ओपनर कुशल भुर्तेल एक चौका सहित ६ रन बनाएर आउट भएका छन् । अहिले क्रिजमा आशिफ शेख र ज्ञानेन्द्र मल्ल रहेका छन् ।

नेपालले यो समाचार तयार पार्दा सम्मको अवस्थामा ५ ओभरमा १ विकेटको क्षतीमा ३१ रन बनाएर खेलिरहेको छ । यसअघि करण केसी र सन्दिप लामिछाने चम्किदा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रनमा समेटिएको थियो ।

ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बाहेक अरुले उल्लेख्य स्कोर बनाउन सकेनन् ।जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए । अरु खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले सर्बाधिक चार चार विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर