जिपको ठक्करबाट घाइते भएका जोशीको मृत्यु — OSNepal

जिपको ठक्करबाट घाइते भएका जोशीको मृत्यु

LC (KTM) September 19, 2021 0

बैतडी, ३ असोज-बैतडीको पाटन नगरपालिका- ६ मा जिपले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उद्धव जोशीको उपचारका क्रममा आइतबार निधन भएको छ ।पाटन नगरपालिका- ६ निवासी जोशीको उपचारका क्रममा काठमाडौंमा निधन भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

गत बुधबार बैतडीको पाटन नगरपालिका- ६ बेडौतीमा से१ज ६३४ नम्बरको जिपले मोटरसाइकलमा सवार जोशीलाई ठक्कर दिएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका जोशीलाई बुधबार जहाज चार्टर गरेर उपचारका लागि नेपालगंज लगिएको थियो ।

नेपालगंजमा उपचार नभएपछि उनलाई थप उपचारका लागि शनिबार मात्र न्युरो अस्पताल काठमाडौं लगिएको थियो । उपचारकै क्रममा जोशीको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।बुधबार दुर्घटना भएपछि जिप चालक ज्ञानेन्द्र भट्टराईलाई भने प्रहरीले सोही दिन नियन्त्रणमा लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर