इंग्ल्यान्डका पूर्व स्ट्राइकर जिमीको निधन — OSNepal

इंग्ल्यान्डका पूर्व स्ट्राइकर जिमीको निधन

LC (KTM) September 19, 2021 0

इंग्ल्यान्डका फुटबलका पूर्व स्ट्राइकर जिमी ग्रीव्सको आज निधन भएको छ । जिमी टोटेनहमका लेजेण्ड खेलाडी समेत रहेका थिए । जिमीको आइतबार ८१ वर्षको उमेरमा निधन भएको हो ।

इंग्ल्यान्डका विश्वकप विजेता टोलीका सदस्य समेत रहेका उनले इंग्ल्यान्डका लागि ५७ खेलमा ४४ गोल गर्न सफल भएका थिए । इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप जित्दा उनी टिमका एक सदस्य समेत रहेका थिए ।

क्लब फुटबलमा उनले टोटेनहमसँगै चेल्सी, एसी मिलान र वेस्ट ह्यामबाट खेलेका थिए ।टोटेनहमका लागि उनी कीर्तिमानी गोलकर्ता स्ट्राइकर हुन् । उनले टोटेनहमका लागि ३ सय ७९ खेलमा २ सय ६९ गोल गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर