सन्दिप र करण चम्किदा ओमान नेपाल समक्ष निरिह , नेपाललाई १२२ रनको लक्ष्य प्रस्तुत — OSNepal

सन्दिप र करण चम्किदा ओमान नेपाल समक्ष निरिह , नेपाललाई १२२ रनको लक्ष्य प्रस्तुत

LC (KTM) September 19, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमानले नेपाल समक्ष कमजोर लक्ष्य प्रस्तुत गरेको छ । ओमानले नेपाल समक्ष १ सय २२ रनको झिनो लक्ष्य दिएको छ ।

करण केसी र सन्दिप लामिछाने चम्किदा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रनमा समेटियो । ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बाहेक अरुले उल्लेख्य स्कोर बनाउन सकेनन् ।

जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए । अरु खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले सर्बाधिक चार चार विकेट लिए ।

शरद भेषवाकरले २ विकेट लिए । आज नेपाल घरेलु टिमविरुद्ध जित निकाल्ने योजनामा रहेको छ । त्यस्तै पहिलो हारको बदला लिने योजनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर