नियन्त्रित लागुऔषध सहित नागढुंगाबाट पक्राउ परे एक युवक, साथमा थियो डाईजोपाम , फेनरागन — OSNepal

नियन्त्रित लागुऔषध सहित नागढुंगाबाट पक्राउ परे एक युवक, साथमा थियो डाईजोपाम , फेनरागन

LC (KTM) September 19, 2021 0

काठमाडौं ३ असोज । नियन्त्रित अवैध लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका ४ बस्ने २६ वर्षीय आनन्द प्रसाद दास रहेका छन् ।

उनलाई आइतबार बिहान नागढुंगास्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा नियन्त्रित लागूऔषध डाईजोपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र नुफिन ८ एम्पुल सहित पक्राउ गरेको हो ।

सिरहाबाट काठमाडौं आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८८६९ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा उक्त लागु औधषसहित दासलाई प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर