एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै — OSNepal

एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै

LC (KTM) September 19, 2021 0

काठमाडौँ ३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै हुने भएको छ ।

आज आइतबार सुरु भएको एमालेको स्थायी कमिटिको बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षे उमेर हद कायमै गर्ने प्रस्ताव गरिएको हो ।

बैठकमा उमेर हद र कार्यकारी पदमा दुई पटक भन्दा बढी दोहोरिन नपाउने प्रस्ताव कायम छ भने विधान संशोधनसम्बन्धी प्रस्तावमा सबै पदाधिकारी महाधिवेशनबाटै निर्वाचित हुने उल्लेख गरिएको छ ।

यस भन्दा अघि ओली पक्षको मात्र बसेको बैठकमा भने, महाधिवेशनबाट पार्टी अध्यक्षमात्रै निर्वाचित हुने प्रस्ताव गरेको अघि सारिएको थियो ।

असोजको १५ देखि १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल गर्न एमालेको स्थायी कमिटिको बैठक आजबाट सुरु भएको हो ।

भोली बस्नै बैठकमा भने, विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफ हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर