ओली सरकारको समयमा विमान खरिदमा भ्रष्टचार गरेको आफैले देखेको माधव नेपालको खुलासा — OSNepal

ओली सरकारको समयमा विमान खरिदमा भ्रष्टचार गरेको आफैले देखेको माधव नेपालको खुलासा

LC (KTM) September 19, 2021 0

पोखरा ३ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेको नाम सुनेरै जनताले नाम खुम्च्याउन थालेको बताएका छन् । पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

एमालेले आफ्नो इज्जत प्रतिष्ठा गुमाइसेकेको बताएका उनले जनताको नजरबाट पनि तल खसिसकेको टिप्पणी गरेका छन् । सभालाई सम्बोधन गर्ने क्रममा उनले अन्य देशमा संविधानविरोधी काम गर्ने प्रधानमन्त्रीलाई सजाय दिइने प्रचलन रहेको भन्दै केपी ओली तिर लक्षित गर्दै उनले भने , ‘हामीकहाँ पनि नेपाली जनताले सजाय दिँदैछन् ।’

सभामा नेपालले कोरोना महामारीमा समेत ओली सरकार भ्याक्सिन ल्याउन कमिसनको चक्करमा परेको बताएका छन् । वाइडबडीको विषयलाई उठाउँदै अध्यष नेपालले भने,
‘किन छानबिन हुँदैन ? यसमा कसैको संलग्नता छैन भने छानबिन किन अगाडि नबढेको ? होइन भने कुरा उठिसकेपछि छानबिन गर्नुपर्दैन ? सरकारलाई भन्न चाहन्छु, प्रत्येकको छानबिन गर्ने काम शुरु गर्नुहोस् । देशलाई लुट्न पाइँदैन । कसले लुट्यो, कसले लुटेन, हामी अहिले भन्दैनौं । किनभने प्रमाणित नभएको कुरामा अरु बोल्न मिल्दैन ।’

तर, आफैले विमान खरिदमा भ्रष्टचार गरेको देखेका बताएका नेपालले निरंकुश प्रवृत्ति हाबी भएसम्म यस्ता विषयले महत्व नपाउने बताएका छन् । ‘आफैं देख्या’छु विमान खरिदमा ‘(भ्रष्टाचार भएको) । एउटा भाउ दिएकोे छ, पैसा त्योभन्दा बढी दिएको छ । हामीले फाइल पठाएका छौं, तर सरकारले फाइल दराजमा थन्काइदिएको छ । कराउँछौं, चिच्याउँछौं, सुन्दैसुन्दैन’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर