बलात्कारको उजुरी दिन्छु भन्दै धम्की दिई ५० लाख माग गरेका तीन महिला पक्राउ — OSNepal

बलात्कारको उजुरी दिन्छु भन्दै धम्की दिई ५० लाख माग गरेका तीन महिला पक्राउ

LC (KTM) September 19, 2021 0

काठमाडौँ ३ असोज । आफुहरुमाथि बलात्कार गरेको भन्दै बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक युवकसँग ५० लाख माग गरेको अभियोगमा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियार रहेका छन् ।

घरायसी विषयको मुद्दा छलफलल गर्न भनी सोही स्थान बस्ने एक पुरुषलाई थापाले बोलाएपछि उक्त पुरुषले घोराही उपमहानगरपालिका–१५ को कोहिनुर रेष्टुरेन्टमा
थापा र खुमा वलीलाई बोलाई मुद्धाको विषयमा छलफल गर्छन् र त्यसपश्चात थापा कोठाको बेडमा पल्टिरहन्छिन् । केहि समय पछि पनि नआउँदा ति पुरुष कोठामा बोलाउँन जाँदा थापाले जबर्जस्ती करणीमा मुद्दा हाल्छु भनी वादविवाद भएपछि खुमा वलीले प्रहरीकोमा यो विषय नपुर्याउने शर्तमा ५० लाख रुपैयाँ माग गरेपछि पिडित पुरुषले पैसा छैन भन्दा मुद्दा हाल्ने भन्दै १ लाख रुपैयाँ र १७ लाख रुपैयाँको चेक लिएको पिडितले प्रहरीलाई बताएको प्रहरीले जनाएको छ ।

त्यसपछि पीडित पुरुषको को उजुरीका आधारमा प्रहरीले थापाको कोठामा खानतलासी गर्दा १७ लाख रुपैयाँको चेक भेटेको छ भने नगद १ लाख भने ब्याजमा लगाइसकेको खुल्न आएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर