राज कुन्द्रा लाई झनै मुश्किल बढ्यो , उनी बिरुद्धका डकुमेन्टको ईडीले चेक जाँच गर्दै — OSNepal

राज कुन्द्रा लाई झनै मुश्किल बढ्यो , उनी बिरुद्धका डकुमेन्टको ईडीले चेक जाँच गर्दै

LC (KTM) September 19, 2021 0

बिजनेसम्यान राज कुन्द्रा यस समय मुम्बई पुलिसको हिरासतमा रहेका छन् । उनी माथि पोर्न भिडियो बनाएको र त्यसलाई बेचेको आरोप लागेको छ । मुम्बई क्राइम ब्रान्चमा उनी बिरुद्ध आरोप पत्र दायर भईसकेको छ । उनी बिरुद्धको आरोप पत्र १४६७ पन्नाको रहेको छ ।

पोर्नाेग्राफी केस चलिरहेका बेला उनी बिरुद्ध मुम्बई क्राइम ब्रान्चको मजिस्ट्रेटको एक अदालतमा १४६७ पन्नाको आरोप पत्र दर्ता भएको हो । जुन आरोप पत्रमा ४३ जना साक्षीको बयान रहेको छ । अब राज कुन्द्रा झन् मुश्किल तिर बढिरहेका छन् ।

मुम्बई पुलिसले राज बिरुद्ध जुन केस बनाएको छ त्यसको सबै डकुमेन्ट्सको जाँच ईडीले गरिरहेको छ । राज कुन्द्रा बिरुद्ध यो टिमले कारबाही गर्न सक्नेछ । यो मामला यस बर्षको फेब्रअरीमा बाहिर आएको थियो ।

यस मामलामा अप्रिल महिनामा पहिलो चार्जशीट ९ जना आरोपी बिरुद्ध दर्ता गरिएको थियो । मुम्बई क्राइम ब्रान्चलाई एउटा सुराक मिलेको थियो जसपछि मड इलाकाको एक बंगलामा छापा मारेको थियो ।

पुलिस यस दौरान २ महिला पोर्न फिल्मको शुटिंगमा रहेको बेला समात्न सफल भएको थियो । एक महिलालाई भने रेस्क्यु समेत गरिएको थियो जसले फिल्ममा काम गर्ने भनेर पोर्न फिल्म शुट गर्नको लागि मजबुर बनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर