आज ७ सय ३४ जनामा संक्रमण पुष्टि हुँदा १ हजार ४१३ जना भए संक्रमण मुक्त १२ जनाको मृत्यु — OSNepal

आज ७ सय ३४ जनामा संक्रमण पुष्टि हुँदा १ हजार ४१३ जना भए संक्रमण मुक्त १२ जनाको मृत्यु

LC (KTM) September 19, 2021 0

काठमाडौं ३ असोज । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ७हजार ३०४ पीसीआर परीक्षणमा ६५६ र २हजार ७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै, हालसम्म नेपालमा कुल संक्रमितको संख्या ७ लाख ८४ हजार ५६६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै गरी , पछिल्लो २४ घण्टामा १ हजार ४१३ निको भएका छन् । यो सँगै नेपालमा हालसम्म संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४९ हजार २१३ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ जना संक्रमतिको भने उपचारको क्रममा ज्यान गएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर