फलामको रड टाउकोमा प्रहार गरी ५९ वर्षीय कान्छा लामाको हत्या घटना हुनुको कारण यस्तो — OSNepal

फलामको रड टाउकोमा प्रहार गरी ५९ वर्षीय कान्छा लामाको हत्या घटना हुनुको कारण यस्तो

LC (KTM) September 19, 2021 0

चितवन ३ असोज । हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका ९ सितलटोल बस्ने ५० वर्षीय दशरथ मल्ल रहेका छन् । निजमाथि सोही स्थान बस्ने ५९ वर्षीय कान्छा लामाको हत्या गरेको अभियोग लागेको छ ।

दुईबिच झगडा हुँदा दशरथले फलामको रडलेकान्छा लामालाई टाउकोमा प्रहार गर्दा उनको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरी बिट अमृतपानी र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले निज दसरथलाई पक्राउ गरेको हो ।

यस विषयमा प्रहरलिे अनुशनधान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर