नेपालद्धारा टस जितेर ओमान बिरुद्ध फिल्डिङ गर्दै — OSNepal

नेपालद्धारा टस जितेर ओमान बिरुद्ध फिल्डिङ गर्दै

LC (KTM) September 19, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपाल र ओमान बीचको खेल सुरु भएको छ । नेपालले टस जितेर फिल्डिङ रोजको छ । अल अमिरात क्रिकेट मैदानमा ओमानले ब्याटिङ गरिरहेको छ ।

नेपालले यसअघि अमेरिका र ओमान संग खेल खेलिसकेको छ । पहिलो खेलमा अमेरिका लाई हराएको नेपाल दोस्रो खेलमा ओमान संग पराजित भएको थियो । साथै आफ्नो तेस्रो खेलमा अमेरिका संग नेपाल पराजित भएको थियो ।

आज मैदान उत्रदा ओमान संग हारको बदला लिने योजनामा रहेको छ नेपाल । नेपालले ओमानविरुद्ध आफ्ना दुई खेलाडी परिवर्तन गरेको छ ।अमेरिकाविरुद्ध डेब्यु गरेका गुल्सन झा र कुशल मल्ललाई बाहिर राखिएको छ । शरद भेषवाकर र आरिफ शेखले ओमानविरुद्ध खेल्नेछन् । कुशल मल्ल र गुलशन झालाई टिम बाहिर राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर