जाली नेपाली नोटसहित एक भारतीय युवक पक्राउ — OSNepal

जाली नेपाली नोटसहित एक भारतीय युवक पक्राउ

LC (KTM) September 19, 2021 0

महोत्तरी ३ असोज । नेपाली जाली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भएका २२ वर्षीय पिन्टु कुमार राय रहेक छन् ।

निजको साथबाट १ हजार दरको जाली नेपाली नोट २२ थान र बिआर ३० एफ ९४८७ नम्बरको स्कुटर समेत बरामत गरेको छ ।

ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले औरही नगरपालिका १ औरही बजारको फलफुल पसलबाट उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

यस विषयमा थप अनुशनधान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर