एजेन्सी-बिग बोस–१५ का लागिसलमान खानले ३५० करोड भारु लिने भएका छन् । सलमान खानले १५ प्रतिशत पारिश्रमिक बढाइनुपर्ने माग गरेपछि उनलाई प्रस्तोता बन्नका लागि ३५० करोड भारतीय रुपियाँ दिइने भएको भारितिय मिडियाले जनाएका छन् ।
नयाँ सिजनको लागि तयारी पूरा भइसकेको बताइएको छ ।बिग बोस ओटीटी यही सेप्टेम्बर १८ का दिन सकिदैछ । त्यसपछि बिग बोस–१५ प्रशारण हुनेछ ।
नयाँ शोमा करण कुन्द्रा, मानव गोहिल, टिना दत्ता, अमित टन्डन, रीम शेख, सिंबा नागपाल जस्ता सेलेब्रिटीहरु सहभागी हुनेछन् । शोको नयाँ सिजनको प्रोमो अभिनेत्री रेखाको आवाजबाट सुरु गरिने सलमान खानले बताए ।