अमेरिकी विदेशमन्त्री एन्टोनीद्वारा संविधान दिवसको शुभकामना — OSNepal

अमेरिकी विदेशमन्त्री एन्टोनीद्वारा संविधान दिवसको शुभकामना

LC (KTM) September 19, 2021 0

काठमाडौँ, ३ असोज – नेपालको संविधान दिवसका अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुभकामना व्यक्त गर्नुभएको छ । विदेशमन्त्री ब्लिङ्केनले आज दिनुभएको शुभकामना सन्देशमा अमेरिकी सरकार र अमेरिकी नागरिकका तर्फबाट नेपाल र नेपाली नागरिकलाई संविधान दिवसका अवसरमा शुभकामना र बधाई व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले दुई देशले विगतदेखि समान प्रकृतिका चुनौतीको सामना गरिरहेको स्मरण गर्दै विशेष गरी कोभिड–१९ को महामारीविरूद्ध लड्न तथा जलवायु परिवर्तनका असरहरूको सामना गर्न मिलेर काम गरेको उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ, “झण्डै ७५ वर्ष लामो कूटनीतिक सम्बन्धमा हामी हरेक क्षण जनस्तरमै सुमधुर मित्रतामार्फत अझै बलियो बनेको यो सम्बन्धको खुलेर प्रशंसा गर्न चाहन्छौँ ।” (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर