जिरोमाइल बजारबाट पश्चिमतर्फ जाँदै गरेको गाडीले मोटरसाइकलाई ठक्कर दियो,२४ वर्षीय सुरेशले ठाउँको ठाउँ गुमए ज्यान — OSNepal

जिरोमाइल बजारबाट पश्चिमतर्फ जाँदै गरेको गाडीले मोटरसाइकलाई ठक्कर दियो,२४ वर्षीय सुरेशले ठाउँको ठाउँ गुमए ज्यान

LC (KTM) September 19, 2021 0

पूर्वपश्चिम राजमार्ग सिरहाको जिरोमाइलमा शनिबार विङ्गर गाडीले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिरोमाइल बजारबाट पश्चिमतर्फ जाँदै गरेको ना१ज ७४१७ नंको विङ्गरले प्र२–००३–०१४प ८४३५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा धनगढीमाई नगरपालिका कशहा निवासी २४ वर्षीय सुरेश महतो भनिने अमृत महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बाटोमा ओभरटेक गर्ने क्रममा विङ्गरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । दुर्घटनापश्चात विङ्गर इलाका प्रहरी कार्यालय धनगढीमा राखिएको र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर