‘प्रवल जनसेवाश्री’ विभूषण नलिने घोषणा किन गरे कार्टुनिस्ट सायमीले ? — OSNepal

‘प्रवल जनसेवाश्री’ विभूषण नलिने घोषणा किन गरे कार्टुनिस्ट सायमीले ?

LC (KTM) September 19, 2021 0

काठमाडौं, ३ असोज-कार्टुनिस्ट रवीन सायमीले ‘प्रवल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् ।२९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सायमीसहित ९०३ जनालाई विभूषण तथा पदक प्रदान गर्ने घोषणा गरेकी थिइन् ।

उक्त सूचीमा सायमीको नाम ‘प्रवल जनसेवाश्री’ पदक पाउनेको ६६औँ नम्बरमा छ। तर, सायमीले सरकारबाट घोषणा भएको उक्त विभूषण आफूले ग्रहण नगर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।

उनले लेखेका छन्, ‘सरकारले मलाई ‘प्रवल जनसेवाश्री’बाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर