लसुन हामीले भान्सामा दैनिक प्रयोग गर्दै आएको चिज हो । यसलाई हामी तरकारी र दालमा बडी मात्रामा प्रयोग गर्ने गर्छौं । लसुन हाम्रो खानाको स्वाद बढाउन मात्र नभई हाम्रो स्वास्थ्यको लागि पनि निकै लाभदायक छ । विभिन्न अध्ययनले भुटेको लसुनले हामीलाई विभिन्न रोगहरुबाट बचाउन मद्धत गर्ने देखाएको छ ।
पेटको समस्या कमस् हरेक दिन भुटेको लसुन खानाले हाम्रो पेटमा ग्यास भरिदैन । यसले गर्दा हामीलाई ग्यास्ट्रिक जस्तो समस्याले सताउदैन । यसले खाना पचाउन मद्धत गर्ने भएकाले कब्जियतको समस्या देखी मुक्त हुन सकिन्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढ्छस् हरेक दिन भुटेको लसुन खानाले हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । यसमा पाइने एन्टी ब्याक्टेरियल तत्वले विभिन्न प्रकारका ब्याक्टेरियासँग लड्न मद्धत पुर्याउँछ ।
चिसोबाट बचाउँछस् तातो तेलमा लसुन पड्काएर शरीरमा लगाउनाले शरीरमा चिसो छिर्न पाउदैन । यसले गर्दा हामीलाई रुघाखोकी जस्तो समस्याले सताउदैन ।दाँतको दुखाइ कमस् यदी तपाई दाँत दुखेर हैरान हुनुहुन्छ भने दाँत दुखेको ठाउँमा भुटेको लसुन पिसेर लगाउनुहोस । तपाईलाई यसले निकै आराम दिन्छ ।