संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान, विभूषण पाउनेमा कृष्णप्रसाद भट्टराईदेखि झलनाथ खनालसम्म — OSNepal

संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान, विभूषण पाउनेमा कृष्णप्रसाद भट्टराईदेखि झलनाथ खनालसम्म

LC (KTM) September 19, 2021 0

काठमाडौं, ३ असोज- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९०३ जनालाई विभिन्न विभूषण, अलंका र पदक प्रदान गरेकी छन्। नेपाली कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान गरिएको छ ।

नेपालको सबैभन्दा ठूलो मान-पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रदान गरिने भएको हाे ।मन्त्रिपरिषदका पूर्वअध्यक्ष सूवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाललाई राष्ट्र गौरव पदवी प्रदान गरिएको छ ।

२९ भदौको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, स्वर्गीय तुलसीलाल अमात्य, स्वर्गीय मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, स्वर्गीय दुर्गानन्द झा र स्वर सम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यलाई महाउज्जवल राष्ट्रदीप प्रदान गरेकी छन् ।

सुप्रसिद्ध प्रबल जनसेवा राजनीतिज्ञ प्रदीप नेपाल, स्व. पोस्टबहादुर बोगटी, स्व. मार्शलजुलुम शाक्य र पीएल सिंहलाई प्रदान गरिने छ ।
उज्ज्वल कृतिमय राष्ट्रदीप मान-पद्वी सर्वाेच्च अदातलतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाएका छन् ।प्रसिद्ध प्रबल जनसेवाश्रीबाट ३९ जनालाई प्रदान गरिएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर