इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाद्धारा एभर्टन ३-० गोल अन्तरले पराजित — OSNepal

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाद्धारा एभर्टन ३-० गोल अन्तरले पराजित

LC (KTM) September 19, 2021 0

काठमाडौं, ३ असोज – इंग्लिस प्रिमियर लिगमा (इपिएल) मा एस्टन भिल्लाले एभर्टनलाई पराजित गरेको छ । शनिबार राति घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा एस्टनले एभर्टनलाई ३-० गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

एस्टनको सहज जितमा माटी क्यास र लिओन बेलीले १-१ गोल गरे भने एभर्टनका लुकास डिग्नेले आत्माघाति गोल गरे ।

पहिलो हाफ बराबरीमा समाप्त हुँदा दोस्रो हाफको ६६ मिनेटमा माटीले एस्टनलाई अग्रता दिलाए । पहिलो गोल गरेको तीन मिनेटमै एस्टनले आत्माघाति गोल उपहार पायो । डिग्नेले आफ्नै पोष्टमा गोल गर्दा एस्टन २–० ले अगाडि बढ्यो ।

खेलको ७५ मिनेटमा परिवर्तित खेलाडी बेलीले गोल गर्दा एस्टनले प्रिमियर लिगमा दोस्रो जित निकाल्यो । लिगमा दोस्रो जितसँगै एस्टन भिल्लाले ५ खेलबाट ७ अंक बनाउँदै १०औँ स्थानमा उक्लिएको छ । पराजित एभर्टन भने ५ खेलबाट ३ जित, १ हार र एक बराबरी सहित १०औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर