दलहरूलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन राष्ट्रपतिको आह्वान — OSNepal

दलहरूलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन राष्ट्रपतिको आह्वान

LC (KTM) September 19, 2021 0

काठमाडौं, ३ असोज-राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन आग्रह गरेकी छन् ।संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले लामो संक्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दललाई संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट राजनीतिक उद्देश्य हासिल गर्न राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन आह्वान गरेकी हुन् ।

भण्डारीले राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने पनि बताएकी छन् ।
तत्कालीन जननिर्वाचित संविधान सभाबाट ३ असोज २०७२ मा संविधान जारी भएको थियो ।

३ असोज इतिहासकै स्वर्णिम दिन : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले ३ असोज इतिहासकै स्वर्णिम दिन भएको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध, २०६२/६३ काे जनआन्दोलनलगायत विभिन्न आन्दोलनमा शहादत प्राप्त गर्ने वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुख, शान्ति, समृद्धि एवम् समुन्नति तथा समृद्धिको शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर