चैतभित्र सबै नेपालीलाई पूर्ण खोप लगाउने सरकारको मुख्य लक्ष्य — OSNepal

चैतभित्र सबै नेपालीलाई पूर्ण खोप लगाउने सरकारको मुख्य लक्ष्य

LC (KTM) September 19, 2021 0

काठमाडौँ, ३ असोज- प्रधानमन्त्री देउवाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट नेपाली नागरिकको जीवनरक्षा गर्न आगामी चैत मसान्तभित्र सबै नेपाली नागरिकलाई पूर्ण खोप लगाउनु वर्तमान सरकारको मुख्य लक्ष्य रहेको दोहो¥याउनुभएको छ ।

साथै उहाँले स्वास्थ्यका मापदण्डको पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका साथ कोभिड–१९ महामारीको सामना गर्न संविधान दिवसको अवसरमा सबैलाई आग्रह गर्नुभएको छ । संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको प्रधानमन्त्री देउवाको भनाई छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर