साबिक बिजेता म्यानचेस्टर सिटी साउथह्याम्पटन संग बराबरीमा रोकियो — OSNepal

साबिक बिजेता म्यानचेस्टर सिटी साउथह्याम्पटन संग बराबरीमा रोकियो

LC (KTM) September 18, 2021 0

उत्कृष्ट खेल प्रदर्शन गर्न नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । आज भएको खेलमा सिटी साउथह्याम्पटन सँग गोलरहित बराबरीमा रोकिएको हो। सिटी आफ्नै घरेलु मैदानमै साउथह्याम्पटनसँग अंक बाँड्न बाध्य भयो ।

यस बराबरीसँगै सिटीले ५ खेलमा १० अंक जोडेको छ । सिटी भने लिगको दोस्रो स्थानमा रहेको छ । साउथह्याम्पटन ४ अंक जोडेर १५ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै वाट्फोर्डले नर्विच सिटीलाई तिन एक गोल अन्तरले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर