अग्रता बनाएर पनि अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल एएफसी महिला एशियन कप छनोटमा फिलिपिन्स संग पराजित — OSNepal

अग्रता बनाएर पनि अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल एएफसी महिला एशियन कप छनोटमा फिलिपिन्स संग पराजित

LC (KTM) September 18, 2021 0

एएफसी महिला एशियन कप छनोटमा नेपाललाई पहिलो खेलमै झट्का लागेको छ । नेपाल फिलिपिन्ससँग पराजित भएको छ। आज उज्वेकिस्तानमा भएको खेलमा फिलिपिन्सले नेपाललाई एकका बिरुद्ध दुई गोलले पराजित गरेको हो ।

नेपालले आफ्नो अग्रता जोगाउन नसक्दा फिलिपिन्स संग पराजित हुन पुग्यो । नेपालले खेलको १० औँ मिनेटमा नै गोल गर्न सफल भएको थियो । विमला चौधरीको गोल संगै एक शुन्यको अग्रता लामो समय सम्म जोगाए पनि खेलको अन्तिम तिर सम्हालिन नसक्दा नेपाल पराजय हुनु परेको हो ।

फिलिपिन्सकी तहनाइ एन्निसले खेलको ८९ औँ मिनेट बराबरी गोल फर्काएकी थिइन् । त्यसपछि खेलको इन्जुरी समयमा विल्सन केमिलीले निर्णायक गोल गर्दै फिलिपिन्सलाई जित दिलाएकी थिइन्। नेपालले अब आफ्नो दोस्रो खेलमा मंगलबार हङकङ संग प्रतिष्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर