छत्रदेबमा काङ्ग्रेसको सभापतिमा शोभाखर न्यौपानेकोे उम्मेदवारी घोषणा — OSNepal

छत्रदेबमा काङ्ग्रेसको सभापतिमा शोभाखर न्यौपानेकोे उम्मेदवारी घोषणा

LC (KTM) September 18, 2021 0

अर्घाखाँची । छत्रदेब गाउँपालिकाको नेपाली काङ्ग्रेसको सभापतिमा शोभाखर न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ। छत्रदेब ७ को ५ बर्ष सभापतिमा रहि निर्विरोध रुपमा चुनाव सम्पन्न गराई आगिमि यात्रा अर्घाखाँची छत्रदेब गाँउ कार्य समिति को नेपाली कांग्रेसको सभापति पदमा उम्मेदोवारी घोषणा गर्नु भएको हो।

नेपाली काङ्ग्रेसको संगठन चलायमान बनाउदै पार्टीलाई विधि र पद्धति अनुसार अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिन लागेको उहाँको भनाइ छ।
दिगो विकासको खाका तयार पारी जनतालाई कांग्रेसप्रति थप विश्वस्त बनाउने योजना समेत रहेको उहाँले कुराकानिमा बताउनुभयको छ।

आगामी स्थानीय तहको सबै वडामा कांग्रेसका उम्मेदवारलाई जीतको सुनिश्चितताका लागि समेत आफ्नो उम्मेदवारी रहेको न्यौपानेको दाबी छ। ५ बर्षको अबधिमा सम्पूर्ण कृयासिल को सहयोग र जग्गा दाता गंगाराम÷ लक्ष्मी न्यौपानेको सहयोगमा छत्रदेब ७ को लालपूर्जा सहितको बि.पि स्मृती भवन समेत बनायको जानकरी गराउनु भएको छ।

भोलिको दिनमा अग्रज हरुको सल्ला र यूवा साथिहरुको सहयोगमा छत्रदेबको काँग्रेसलाई अझ बलियो बनाउनको लागि सभापति मा उम्मेदोवारी दिएको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर