भक्तपुरमा गणेशमान सिंहको २४औँ स्मृति दिवस मनाइयो — OSNepal

भक्तपुरमा गणेशमान सिंहको २४औँ स्मृति दिवस मनाइयो

LC (KTM) September 18, 2021 0

भक्तपुर, २ असोज – ऐतिहासिक जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर, लौहपुरुष एवं नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको २४औँ स्मृति दिवस भक्तपुरमा मनाइएको छ ।नेपाली कांग्रेस भक्तपुरले आज पार्टी कार्यालयमा आयोजना गरेको माल्र्यापण कार्यक्रममा कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य रमादेवी पौडेल, कांग्रेसका नेता तथा बागमती प्रदेशसभा सदस्यद्वय कृष्णलाल भँडेल, रजनी जोन्छे, जिल्ला सभापति दुर्लभ थापा, पूर्वजिल्ला सभापति महेश श्रेष्ठलगायत उपस्थित नेताहरुले सिंहको तस्वीरमा माल्र्यापण गर्दै उहाँको योगदानको स्मरण गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सभापति थापाले नेता सिंहले देश र प्रजातन्त्रका लागि गरेको योगदानलाई आत्मसाथ गरेर जानुपर्ने बताउनुभयो । कांग्रेसको आसन्न १४औँ महाधिवेशनका क्रममा भक्तपुरमा ३८ वटै वडाको अधिवेशन सम्पन्न गरेको र अब क्षेत्र, नगर र जिल्ला अधिवेशन पनि सर्वसम्मतको प्रयास गर्दै नेतृत्व चयन गर्न पार्टी प्रयासरत रहेको बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचन नजिकिँदै गरेको अवस्थामा कांग्रेसलाई जिल्लामा पहिलो पार्टी बनाउने र चारवटै नगरपालिका तथा ३८ वटै वडामा कांग्रेसको जनप्रतिनिधि ल्याउने चुनौती अब आउने नेतृत्वका काँधमा रहने बताउनुभयो । सिंहले विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रह उहाँले अस्वीकार गर्दै नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन त्याग गर्नुभएको सचिव किरण न्यौपानेले बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर