देशभर १ हजार ६६ जना कोरोनाका नयाँ संक्रमित थपिए , १६ जनाले गुमाए ज्यान — OSNepal

देशभर १ हजार ६६ जना कोरोनाका नयाँ संक्रमित थपिए , १६ जनाले गुमाए ज्यान

LC (KTM) September 18, 2021 0

देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जना कोरोनाका नयाँ संक्रमितहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थपिएका मृतकको संख्या संगै हाल सम्म कुल मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ।

आज मात्रै १ हजार २३४ कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २५ हजार ८२ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ८ हजार ५४० पीसीआर तथा २ हजार ८१८ एन्टिजेन परीक्षण भएको छ। यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २५६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २४३ र भक्तपुरमा १३ जना संक्रमित थपिएका छन्। यस्तै गत २४ घण्टामा देशभर १ हजार ६६ जना संक्रमित थपिएका छन् भने १६ जनाले ज्यान गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर