अहिलेको गठबन्धन चुनाव सम्म नटिक्ने एमाले अध्यक्ष ओलीको ठोकुवा , फ्रिजमा बनेको आइसको डल्ला बाहिर निस्किएपछि बिलाएर जाने दाबी — OSNepal

अहिलेको गठबन्धन चुनाव सम्म नटिक्ने एमाले अध्यक्ष ओलीको ठोकुवा , फ्रिजमा बनेको आइसको डल्ला बाहिर निस्किएपछि बिलाएर जाने दाबी

LC (KTM) September 18, 2021 0

नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन चुनाव लागेपछि बिलाएर जाने दाबी गरेका छन् । चुनाव सम्मै गठबन्धन कायम गरेर जाने सत्तारुढ दलहरुको भनाई आइरहेका बेला ओलीले भने गठबन्धन लाई फ्रिज बाट निकालिएको आइसको डल्लाको संज्ञा दिए ।

उनले भने यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्। आफै परेको आइस् को डल्ला हैनन् । हेरि रहनुस् जब यीडल्ला बाहिर राखिदिएपछि एकछिनपछि पग्लिहाल्छन्। त्यसकारण धेरै चिन्ता गर्नुपर्दैन।’ उनले आफुले चुनाव घोषणा गर्दा प्रतिगमन भन्दै चिच्याएकाहरु अबको १४ महिना पछि साँच्चिकै चुनावमा जाँदा हालत के होला भन्दै चिन्ता ब्यक्त गरे ।

शनिबार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उनले १४ महिनापछि बाध्यकारी रुपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्लाजस्तै पग्लिने दावी गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर