एमसीसी संझौता पहिला राम्रै थियो , पछि ओलीको पालामा बिग्रिएर आएको माओबादी केन्द्रका अध्यक्ष दाहालको जिकिर — OSNepal

एमसीसी संझौता पहिला राम्रै थियो , पछि ओलीको पालामा बिग्रिएर आएको माओबादी केन्द्रका अध्यक्ष दाहालको जिकिर

LC (KTM) September 18, 2021 0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन नगरी एमसीसी संझौता पास गर्न नसकिने जनाएका छन् । यस संझौताका केही बुँदाहरु बिगारिएकोले पनि यसलाई परिमार्जन नगरी पास गर्न नमिल्ने जनाएका हुन् । उनले आज जनकपुरधाममा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले घुमाउँरो शैलीमा यसका बुँदाहरु केपी शर्मा ओलीले बिगारेको आरोप समेत लगाए । उनले यसअघि शेरबहादुर देउवा नेतृत्वकै सरकार रहेको बेला एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित गर्नुपर्छ भन्ने कुनै प्रावधान नरहेको तर एक्कासी ओली नेतृत्वको सरकारमा प्रतिनिधिसभाबाट पारित गर्नु पर्ने विषय थपिए पछि यस संझौता लाई लिएर बिबाद आएको उनको दाबी छ ।

उनले यस प्रावधान भित्र रहेको गलत र हानिकारीक बिषयहरु संशोधन र परिमार्जन नगरेसम्म एमसीसी पारित हुनै नसक्ने ठोकुवा समेत गरे । देशलाई अहिले आर्थिक सहयोग र बिकास दुबै चाहिएकोले यो संझौता परिमार्जनपछि प्रतिनिधिसभाबाट पारित गराउन आफु तयार रहेको बताए।

उनले सरकारले आलोचना खेपिरहेको बिषय मध्ये एक मन्त्री परिषद बिस्तारको बिषयलाई लिएर आफ्नो धारणा राखेका छन् । उनले असोज ४ गतेभित्रै सरकारले पूर्णता पाउने दावी गरे । दाहालले प्राविधिक कारणले सरकारलाई पूर्णता दिन ढिलाइ भइरहेको स्वीकार गर्दै मन्त्रिमण्डल विस्तार हुने जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर