संकटको बेलामा पिठ्यु फर्काएर हिँड्नेहरु लाई कहिल्यै पनि माफि दिन नसकिने नेकपा एकीकृत समाजबादीकी नेतृ रामकुमारी झाँक्रीले बताएकी छिन् । उनले दोस्रो पुस्ताका नेताहरुलाई भगौडा जर्नेलको संज्ञा समेत दिईन् ।
उनले युद्धका बेला भाग्ने जर्नेलको काम नरहेको ठोकुवा गरिन् । यद्यपी उनले संसारमा युद्ध अपराधीहरुलाई समेत माफ दिईको थुप्रै दृष्टान्त रहेको बताउँदै आत्मसमर्पण गरेर आउनको लागि ढोका खुल्ला राखिएको बताईन् ।
शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उनले फर्किएर आउनेहरुका लागि अझै पनि ढोका खुल्लै राखिएको बताईन् । उनले केही नेताहरुलाई हरियो सर्पको संज्ञा दिदै आफु संगै रहेका केही हरिया नदेखिने सर्पहरुले डसेको समेत जिकिर गरिन् । उनले आफुहरुले एमाले नफुटाएको तर एमाले भित्रै बाट बिद्रोह गरेको बताईन् ।
उनले वडा तहबाटै खड्गप्रसाद ओलीको कम्पनी भत्किने क्रम ७ महिनासम्म्म निरुन्तर चलिरहने समेत जिकिर गरिन् । त्यसपछि प्रदेश र संघको चुनाव तोकिए पछि ओलीको पार्टीमा पुरै पहिरो जाने दाबी गरिन् ।