खतरो के खेलाडीका रोहीत शेट्टीका बुवा पनि स्टन्ट मेन , आमाले गरेकी थिईन टप बलिउड अभिनेत्रीहरुको बडी डबलको काम — OSNepal

खतरो के खेलाडीका रोहीत शेट्टीका बुवा पनि स्टन्ट मेन , आमाले गरेकी थिईन टप बलिउड अभिनेत्रीहरुको बडी डबलको काम

LC (KTM) September 18, 2021 0

स्टन्ट रियालिटी शो खतरो के खेलाडीलाई अब चाँडै बिजेता मिल्दैछ । यस पटक पनि निर्देशक रोहित शेट्टी यस शो को होस्ट गरिरहेका छन् । रोहीत शेट्टीको होस्ट सबै फ्यानका लागि एकदमै मन पर्ने गरेको छ । यस पटकको सिजनमा पनि रोहितले प्रतिष्पर्धीहरुलाई स्टन्ट गराउनुका साथै उनीहरु संग पनि एकदमै मस्ती गर्ने गरेका छन् ।

शो को दौरानमा उनले कतिपटक प्रतिष्पर्धीहरुलाई जिस्काई रहेका समेत हुन्छन् । शो को बेला बिशेष गरेर उनले आफ्नो आमाको फोन आएको थियो , उनी भनिरहेकी थिईन् प्रतिष्पर्धीहरुलाई यति रिल्याक्स किन उनीहरुलाई स्टन्ट गराउ भन्ने गरेका थिए । पछिल्लो एपिसोडमा पनि उनले आफ्नो आमाको फोन आएको बताएका थिए ।

एक पटक उनले शो को दौरानमा प्रतिष्पर्धीहरुलाई आमाको फोटो देखाउँदै यहि कुरा जिकिर गरेका थिए । रोहीत शेट्टीका बुवा एम बी शेट्टी लाई सबैले चिनेकै छन् । उनी एकदमै प्रसिद्ध स्टन्टमेन हुन् । तर उनकी आमा भने चर्चा बाट एकदमै बाहिर रहदै आएकी छिन् । रोहीतको आमाको नाम रत्ना शेट्टी हो । उनकी आमा रत्ना ७० को दशककी टप बलिउड अभिनेत्रीहरुको बडी डबलमा देखीएकि थिईन् ।

फिल्ममा स्टन्टको सीन उनको पति एम बी शेट्टीले गर्ने गरेका थिए । फिल्म शोलेमा हेमा मालिनीको बडी डबलको लागि रत्नालाई जानिने गरेको छ । १९८१ मा पतिको निधनको कारण आफ्नो परिवारलाई सहयोग गर्नका लागि उनले जुनियर आर्टिस्टको रुपमा पनि काम गरेकी थिईन् । उनलाई कैयौ फिल्ममा स सानो रोलमा देखिने गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर