अब वाइसीएलले थाल्ने भयो स्थानीय तह देखी केन्द्र सम्म नै भ्रष्टाचार विरोधी अभियान — OSNepal

अब वाइसीएलले थाल्ने भयो स्थानीय तह देखी केन्द्र सम्म नै भ्रष्टाचार विरोधी अभियान

LC (KTM) September 18, 2021 0

अब माओबादी निकट योङ कम्युनिष्ट लिग वाईसीएलले देशभर भ्रष्टाचारविरोधी अभियान थाल्ने भएको छ । वाईसीएलका संयोजक सुमन देवकोटाले प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्थानीय तह देखी केन्द्र सम्म नै भ्रष्टाचारविरोधी अभियान थाल्ने बताएका हुन् ।

उनले स्थानीय तह देखी नै भ्रष्टाचार मौलाएको भन्दै यसलाई जरै देखी उखेलेर फ्याल्नका लागि अभियान संचालन गर्न लागिएको बताएका हुन् । साथै उनले देशको सार्वभौमसत्ता, स्वाधीनता र अखण्डता रक्षाका लागि वाईसीएल जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए ।

अहिलेको गठबन्धन सरकार एमसीसी पास गराउने ध्याउन्नमा लागि रहेका बेला उनले देशमाथि आँच आउने कुनै संझौता हुन नदिने दाबी गरेका हुन् । साथै उनले बन्द उद्योग खुलाएर बेरोजगार युवालाई रोजगार दिँदै देशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने तर्फ वाईसीएल अघि बढेको प्रष्ट पारे ।

कानुन बनाउने तहसम्म युवाको पहुँच नरहेको भन्दै त्यो तहसम्म युवालाई पु¥याउन आफुहरु क्रियाशिल रहेको समेत जिकिर गरे । त्यस्तै फरक प्रसंगमा उनले संविधान रक्षाका लागि माओवादी केन्द्र र कांग्रेस गठबन्धन लगायतका दलहरू आगामी चुनावसम्म नै निरन्तर रहने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर