बलिउड अभिनेता सोनू सूदले २० करोड रुपैया बराबरको कर छली गरेको आयकर बिभागको दाबी , यस बिषयमा सोनू सूदको अझै आएन केही प्रतिक्रिया — OSNepal

बलिउड अभिनेता सोनू सूदले २० करोड रुपैया बराबरको कर छली गरेको आयकर बिभागको दाबी , यस बिषयमा सोनू सूदको अझै आएन केही प्रतिक्रिया

LC (KTM) September 18, 2021 0

पछिल्ला केही दिन देखी बलिउड अभिनेता सोनू सूदको नाममा रहेको बिभिन्न घरमा आयकर बिभागले छापा मारेर कागजपत्र अनुषन्धान गरिरहेको थियो । यस बिषयमा सोनूले अहिले सम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

तर भारतको आयकर विभागले बलिउड अभिनेता सुदले २० करोड भारु भन्दा बढी कर छलेको जनाएको छ । बिभागको टोलीले सुदको मुम्बईस्थित घरमा लगातार तीन दिन छापा मारेर अनुषन्धान गरेको थियो । बिभागले ३ दिनको अनुषन्धान पछि आज विज्ञप्ति सार्वजनिक गर्दै उनले २० करोड भन्दा बढी कर छलेको जनाएको छ ।

पछिल्लो समय सोनूले फाउण्डेशन मार्फत बिभिन्न काम गर्दै आएका छन् । यसै सिलसिलामा उनले विदेशी दाताबाट क्राउड फन्डिङ प्लेटफर्मबाट २.१ करोड ननप्रोफिट सम्पत्ति जुटाएको र यो कार्य भारतीय कानूनको विपरित भएको विभागले दाबी समेत गरेको छ । भारतमा कोरोनाको कहरका बेला अभिनेता सोनूले हरेक ठाउँमा पुगेर सहयोग गरेका थिए ।

साथै उनले कोरोनाको महामारीको बेलामा स्थापना गरेको सोनु सुद फाउन्डेसनलाई अहिलेसम्म करीब १९ करोड सहयोगका लागि दान मिलेको छ। जसमध्ये २ करोड जति बिभिन्न कार्यमा खर्च भएको र १७ करोड अहिले पनि खातामै रहेको बिभागको दाबी छ । उनले यहि फाउण्डेशनको नाममा बिभिन्न ब्यापार संझौता गरेको र सरकारलाई कर छली गरेको बिभागको आरोप रहेको छ ।

पछिल्लो साता दिल्ली मुख्यमन्त्री अरविन्द केजरीवालसँग सहकार्य लागी संझौता भए संगै आयकर विभागले सुदको घरमा छापा मारेको हो । कतिपयले यसलाई राजनितीक प्रोपागाण्डाको रुपमा समेत चित्रित गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर