भोली बाट नेपाली बजारमा बिभिन्न एडभान्स फिचर सहित रेडमी १० प्राइम आउँदै — OSNepal

भोली बाट नेपाली बजारमा बिभिन्न एडभान्स फिचर सहित रेडमी १० प्राइम आउँदै

LC (KTM) September 18, 2021 0

बजारमा अहिले मोबाईलका बिभिन्न नयाँ ब्राण्ड र प्रकारहरु भित्रि रहेका छन् । अब भोली बाट नेपाली बजारमा साओमीको रेडमी १० प्राइम आउने भएको छ । रेड्मी ९ प्राइमको तुलनामा केही अपग्रेड फङसन र स्टाइलका साथ बजारमा १० प्राइम आउने कम्पनिले जनाएको छ ।

६ हजार एमएएच क्षमताको ब्याट्री , पञ्च होल डिस्प्ले डिजाइन, ५० मेगापिक्सेलको मुख्य सेन्सरसहित ट्रिपल रियर क्यामेरा, मिडियाटेक हेलियो जी८८ चिपसेट लगायतका एकदमै एडभान्स फिचरहरु यो सेटमा पाईने बताइएको छ ।

त्यस्तै फोनमा ६.५ इन्चको फुल एचडी प्लस डिस्प्ले छ भने स्क्रिन प्रोटेक्सनका लागि कोर्निङ गोरिल्ला थ्री छ । यो फोन ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज तथा ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । भोली नेपाली बजारमा आउने यो फोनको मुल्य २० देखि २५ हजार रूपैयाँ सम्म पर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर