सम्पत्तिका लागि आफ्नै नाति बैरी बनेपछि , सुनको लागी बझाङमा हजुरआमाको गरे नातिले हत्या — OSNepal

सम्पत्तिका लागि आफ्नै नाति बैरी बनेपछि , सुनको लागी बझाङमा हजुरआमाको गरे नातिले हत्या

LC (KTM) September 18, 2021 0

सम्पत्तिले आफ्नै पनि भन्दो रहेनछ भन्ने कुरालाई बझाङको एउटा घटनाले पुष्टि नै गरिदिएको छ । सम्पत्तिको लालचमा बझाङमा नातिले नै हजुरआमाको हत्या गरिदिएका छन् । उनले हजुरआमाले लगाएका सुनका लागि हत्या गरेको खुल्न आएको छ ।

बझाङको दुर्गाथली गाउँपालिका–५ घर भएकी ८५ बर्षीया रिखीदेवी जप्रेलको आफ्नै नातीले हत्या गरेको खुल्न आएको छ । हत्या गरेको आरोपमा उनका नाति २३ वर्षीय सुवास जप्रेललाई प्रहरीले पक्राउ गरेको छ ।

नाति सुवासले हजुरआमाको हत्या पछि कानमा रहेको सुनको मुन्द्रा र नाकमा रहेको फुली समेत निकालेर लगेका थिए । सोही दिन नै उनले सुन बिक्रि गरेको प्रहरी अनुषन्धानले देखाएको छ । उनले हजुरआमा लाई भदौ २७ गते बिहान ९ बजेको समयमा हँसिया प्रहार गरी बिभित्स हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उनले बिहान हत्या गरेको शवलाई सोही दिन बेलुका ७ बजेको समयमा पुनः घटनास्थलमा गई लासलाई खाडलमा पुरेको बयान दिएको प्रहरीले जनाएको छ । हत्या गरेर भाग्दै गरेको अवस्थामा उनलाई दुर्गाथली गाउँपालिका–७ को लौवादेव डाँडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी बिरुद्ध अनुषन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर