औरही बजारबाट नक्कली नोटसहित पिन्टु र रितेश समातिए — OSNepal

औरही बजारबाट नक्कली नोटसहित पिन्टु र रितेश समातिए

LC (KTM) September 18, 2021 0

जलेश्वर, २ असोज – औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरीे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट रु.१००० हजारका २२ थान, रु.५०० का तीन थान, रु.१०० का २७ थान, रु.५० का छ थान, रु.२० का आठ थान, रु.१० का ११ थान, रु.५ का छ थान र भारु १००का तीन थान नोट बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर