बलिउड अभिनेत्री करीना कपुरको मुटुको टुक्रा हुन् छोरा जेह तथा तैमुर एक अर्कामा कतिको अलग छन् । दुबै जनाको नेचर कस्तो छ ? तैमुर–जेह आफ्नो परिवारमा को जस्तो देखिन्छन् ? यस्ता प्रश्नहरु फ्यानको मनमा उठिनै रहेको हुन्छ । अभिनेत्रीका फ्यानहरु यो सबै कुरा जान्नको लागि उत्सुक रहेका छन् ।
तैमुर तथा जेहका सानो ठुलो कुरा जान्नका लागि फ्यानहरु लाई खुब मज्जा लाग्ने छ । यी सबै प्रश्नको जवाफ उनले आफ्नो प्रेग्नेन्सी बाइबलमा दिएकी छिन् । करीनाले बताएकी छिन् उनको दुबै छोराहरुमा एकदमै धेरै अन्तर रहेको छ । तैमुर आफ्नो पिता सैफ अली खान जस्तै देखिन्छन् । त्यस्तै जेह पनि हल्का उस्तै देखिए पनि फरक छन् ।
करीनाले आफ्नो किताबमा लेखेकी छन्– जब तैमुरको जन्म भएको थियो तब उनी रोएका थिएनन् । तर अर्काे छोरा जेह जन्मीने बित्तिकै रोएका थिए । जेहको रोएको आवाज पुरै अपरेशन थिएटरभरी गुन्जिएको थियो । मेरो दुबै छोरा एकदमै अलग छन् । तैमुर उनको बुवा सैफ जस्तै देखिन्छन् तर जेह म जस्तै देखिन्छन् ।
तैमुर एकदमै आउटगोइंग रहेको छ । हाल जेह अहिले ३ महिनाको मात्र भएका छन् मैले नोटिस गरेको छु कि उनी एकदम शान्त छन् । उनले यो पनि बताएकी छिन् कि उनका दुबै छोराहरु अपरेसन मार्फत नै जन्मिएका हुन् ।
उनी चाहदिन थिईनकी उनको अपरेशन होस् तर यस्तो हुन सकेन । करीना तथा सैफले कहिले आफ्नो छोराहरु जन्मनु भन्दा पहिला उनीहरुको लिंग पहिचान गर्ने कोशीस गरेका थिएनन् ।