कक्षा १२ को परीक्षा दिन ब्यस्त करिश्मालाई केपी ओलीले एक्कासी फोन गरेपछि — OSNepal

कक्षा १२ को परीक्षा दिन ब्यस्त करिश्मालाई केपी ओलीले एक्कासी फोन गरेपछि

LC (KTM) September 18, 2021 0

काठमाडौँ । नायिका करिश्मा मानन्धर यतिबेला कक्षा १२ को परीक्षा दिन ब्यस्त छिन् । करिश्मा १२ को परिक्षा दिने तयारीका लागि घनीघोटी पढिरहेका बेला करिश्मालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर परिक्षाको बारेमा जिज्ञासा राखेका छन् ।

परीक्षाको चटारोले प्राय फोन नउठाउने करिश्मालाई शुक्रबार बेलुकी केपी ओलीले फोन गरेर जिज्ञासा राखेका हुन् । ओलीले करिश्मालाई फोन गरेर परीक्षाबारे सोधेपछि करिश्माले सुरुमा पत्याइनन् ।

करिश्माले ओलीको फोन सुरुमा मजाक हो कि भन्ने लाग्यो तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो भन्दै करिश्माले फेसबुकमा स्टाटस लेखेकी छिन् ।

करिश्माले सामाजिक संजालमा लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै ‘सुरुमा विश्वास लागेन, अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो केपीजी हो ।’उहाँले ओलीलाई बुवाको सम्बोधन गर्दै लेख्नुभएको छ, ‘आधुनिताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो भएर पनि सामान्य कलाकारलाई कल गरिदिनुभएकोमा धन्यबाद केपी बुवा ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर