मुम्बई । अभिनेता सैफ अली खान आफ्नो नयाँ फिल्म ‘भुत पुलिस’लाई सिनेमा हलमा रिलिज गर्ने पक्षमा थिए । तर, भारतमा दोस्रो लहरको कोरोना महामारी सुरु भएसँगै लकडाउन पनि भएको छ । जसका कारण त्यहाँका सिनेमा हल बन्द छन् । अब हल कहिले खुल्छ भन्ने टुँगो छैन ।यसैले अब आफ्नो फिल्म डिजिटल प्लेटफर्म (ओटिटी)बाट रिलिज गर्ने पक्षमा अभिनेता सैफ अली खान पुगेका छन् ।
यो फिल्ममा सैफसँगै ज्याकलिन फर्नान्डिज, यामी गौतमलगायतको मुख्य भूमिका छ ।गत साता मात्र बलिउड अभिनेता सलमान खानको फिल्म राधे ओटिटी प्लेटफर्ममै रिलिज भएको थियो । राधेले डिजिटल रिलिजबाट सफलता हासिल ग(यो । राधेको सफलता देखेर अभिनेता सैफ अली खान पनि आफ्नो फिल्म रिलिज गर्न जागरुक भएका हुन् । सैफका अनुसार यो फिल्मलाई सिनेमा हलमा पनि रिलिज गर्ने लक्ष्य उनको छ । तर, आफूहरूले प्रदर्शनका लागि घोषणा गरेको मितिमा कोरोना संक्रमण नघट्ने हो कि भन्ने उनलाई चिन्ता छ ।राजधानि दैनिकमा खबर छ ।
यदि कोरोनाका महामारीमा सुधार आएन र दर्शक सिनेमा हलमा आउने अवस्था रहेन भने यो फिल्म ओटिटीबाट मात्र रिलिज हुने पनि उनले बताएका छन् ।‘भुत पुलिस’ हास्य प्रधान फिल्म हो । यो फिल्म हरर जनरामा निर्माण गरिएको छ । यसअघि हास्यप्रधान हरर फिल्म स्त्रीले पनि राम्रो व्यापार गरेको थियो । त्यो फिल्म मन पराउने दर्शकले आफ्नो फिल्म पनि मन पराउने विश्वास अभिनेता सैफ अलीको रहेको छ ।