आईसीसी विश्वकप क्रिकेट लिग–२ , नेपालले लियो ४ विकेट , सुरुको १० ओभर आक्रमक खेलेको अमेरिका सम्हालिएर खेल्दै — OSNepal

आईसीसी विश्वकप क्रिकेट लिग–२ , नेपालले लियो ४ विकेट , सुरुको १० ओभर आक्रमक खेलेको अमेरिका सम्हालिएर खेल्दै

LC (KTM) September 17, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपाललाई चौथो सफलता मिलेको छ । नेपालले अमेरिकाको ४ विकेट लिन सफल भएको छ ।

नेपालले दिएको १७५ रनको सामाय लक्ष्य पछ्याउने क्रममा रहेको अमेरिकाको ४ विकेट झरेको हो । नेपाल बिरुद्धको खेलमा झण्डै शतक नजिक पुगेको स्टेभन टेलरको विकेट करणले लिएपछि नेपाललाई अलिक शान्ति मिलेको छ । उनले बिस्फोटक ब्याटिंग गरेका थिए ।

टेलरले ६३ बलमा ३ छक्का र १२ चौकाको मद्धत संगै ९२ रन बनाउन सफल भएका थिए । अहिले सम्म करण र सन्दीपले नेपालका लागि दुई दुई विकेट लिएका छन् । यसअघि नेपालले ४८ ओभरमा अलआउट हुँदै १ सय ७४ रनको स्कोर खडा गरेको थियो । अहिलेको ताजा अवस्थमा अमेरिका २१ ओभरमा ४ विकेटको क्षतीमा १२२ रन बनाएर खेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर