आखिर किन डुब्दै गए त भ्वाइस अफ नेपाल सिजन ३ का बिजेता किरण गजमेर ? — OSNepal

आखिर किन डुब्दै गए त भ्वाइस अफ नेपाल सिजन ३ का बिजेता किरण गजमेर ?

LC (KTM) September 17, 2021 0

नेपालकै चर्चित गायन रियालिटी शो भ्वाइस अफ नेपाल ३ बाट किरण गजमेर एकदमै चम्किए । उनले भ्वाइसको उपाधी समेत हात पारेनन् लाखौ दर्शक तथा स्रोताको माया र सम्मान समेत पाए । यिनै भ्वाइसका बिजेता किरण गजमेर भने आखिरमा डुब्दै गएका छन् ।

उनी वास्तबिक जिवनमा नभई गीतमा चाहि डुब्दै गएका हुन् । उनको स्वरमा सजिएको म त डुब्दै डुब्दै गएँ’ बोलको गीत सार्वजनिक भएको छ । किरणको सुमधुर आवाज लाई साथ दिएकी छिन् ममता गुरुङले । यस गीतलाई चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत गरेका छन् भने शब्द पनि उनकै रहेको छ ।

यस गीतले एक युवतीको माया फसेका युवाको कहानी ब्यक्त गरेको छ । यस गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल श्रेया सिटौलाको दमदार अभिनय रहेको छ । यस भिडियो लाई रामजी लामिछानेले निर्देशन तथा कोरियोग्राफ गरेका छन् । भिडियोलाई सौरभ लामाले एकदमै सुन्दर ढंगबाट छायांकन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर