आईसीसी विश्वकप क्रिकेट लिग–२, सन्दिप चम्किदा अमेरीकाको ७ ओभरमा २ विकेट झर्यो — OSNepal

आईसीसी विश्वकप क्रिकेट लिग–२, सन्दिप चम्किदा अमेरीकाको ७ ओभरमा २ विकेट झर्यो

LC (KTM) September 17, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले बलिंग गरिरहेको छ । ७ ओभरमै नेपालले अमेरिकाको २ विकेट झारेको छ । दुबै विकेट सन्दीप लामिछानेले लिएका हुन् ।

यसअघि पहिलो इनिंग्समा नेपालले अमेरिका समक्ष एकदमै सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले अमेरिका समक्ष १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालले ४८ ओभरमा अलआउट हुँदै १ सय ७४ रनको स्कोर खडा गरेको हो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान मल्लले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।उनले १ सय ५ बलमा ३ चौका प्रहार गरे । यस्तै ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए ।

करण केसी १२ रनमा आउट हुँदा विनोद भण्डारी १० रन जोड्दा आउट भए ।यसअघि राम्रो खेल देखाउँदै आएका रोहित पौडेल भने आज जम्न सकेनन् । उनले मात्र २ रन बनाएर आउट भए । त्यस्तै सोमपाल कामी २ रनमा आउट हुँदा कुशल मल्लले खाता नै नखोली पभेलियन फर्किएका थिए ।

सन्दीप लामिछाने एक चौका सहित ११ रनमा आउट हुँदा सुशन भारीले अविजित २ रन जोडे ।अमेरिकाका सौरभ नेत्राभाल्कर एक्लैले ४ विकेट लिए भने केली फिलिपले पनि नेपालको ३ विकेट चड्काए । ताजा अवस्थामा अमेरिकाले ८ ओभरमा २ विकेटको क्षतीमा ५४ रन बनाएर खेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर