टोकियो म्याराथुन अर्को बर्ष हुनेगरी स्थगित — OSNepal

टोकियो म्याराथुन अर्को बर्ष हुनेगरी स्थगित

LC (KTM) September 17, 2021 0

टोकियो, १ असोज- जापानको राजधानी टोकियोमा हुने तय भएको टोकियो म्याराथुन प्रतियोगिता अर्को बर्ष हुनेगरी सरेको छ । अर्को बर्ष सन् २०२२ को मार्चमा हुनेगरी प्रतियोगिता पछाडि सारिएको आयोजकहरूले शुक्रबार जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारी र टोकियोमा जारी प्रतिवन्धात्मक व्यवस्थाका कारण प्रतियोगिता पछाडि सार्नु परेको आयोजकले जनाएको ।

जापानमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको देखिएपनि महामारीको खतरा भने बाँकी नै रहेको अधिकारीहरूको निश्कर्ष छ ।“कोरोनाभाइरसको महामारी थप फैलिनसक्ने देखिएकाले अर्को बर्ष सन् २०२२ को मार्च ६ तारिखमा हुनेगरी टोकियो म्याराथुन २०२१ सरेको छ,” टोकियो म्याराथुन फाउण्डेसनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतियोगिता सुरुमा यसै बर्ष सन् २०२१ को मार्चमा हुनेगरी तय गरिएकोमा कोभिड–१९ को कारण आगामी अक्टोबरका लागि सारिएको थियो । तर टोकियोमा अहिले पनि संकटकाल लागु भइरहेकाले प्रतियोगिता फेरि सार्नु परेको हो । प्रतियोगितामा ३८ हजार धावकहरू सहभागी हुने गरी नामावली आइसकेको आयोजकले जानकारी दिएको छ । (रासस÷एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर