चेल्सीका डिफेण्डर जेम्सको घरमा चोरी , पदक जति सबै चोरी भएको उनैले गरे खुलासा — OSNepal

चेल्सीका डिफेण्डर जेम्सको घरमा चोरी , पदक जति सबै चोरी भएको उनैले गरे खुलासा

LC (KTM) September 17, 2021 0

खेल खेलिरहदा एक खेलाडीको घरमा चोरी भएको छ । यस्तो घटना घटेको हो चेल्सीका डिफेन्डर रिस जेम्सको घरमा । उनको घरमा चोरी भएको छ । इंग्ल्यान्डका राइट ब्याक जेम्सले आफ्नो घरमा चोरी भएको जनाएका छन् ।

उनले आफ्नो घरमा चोरी भएको सामाजिक संजालबाट जानकारी दिएका छन् । उनले बर्षाै दुःख गरेर पाएका पदकहरु चोरीएको जेम्सले बताएका छन् । च्याम्पियन्स लिग, सुपर कप, युरोकपको उपविजेताको पदकहरु चोरी भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

उनले आफ्नो घरमा भएको सम्पत्ति चोरी भए पनि मानबिय क्षती भने नभएको जनाएका छन् । जेम्सले च्याम्पियन्स लिग अन्तर्गत नै मंगलबार जेनिट सेन्ट पिटर्सवर्गविरुद्धको खेल खेलिरहदा उनको घरमा चोरी भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर