सबैलाई पछार्दै खतरो के खेलाडी रेटिंगको नम्बर १ मा पर्न सफल — OSNepal

सबैलाई पछार्दै खतरो के खेलाडी रेटिंगको नम्बर १ मा पर्न सफल

LC (KTM) September 17, 2021 0

स्टन्टमा आधारीत शो खतरो के खेलाडी ११ को टीआरपी रेटिंगले धुम मच्चाएको छ । यस शो लाई दर्शकको एकदमै धेरै माया मिलेको छ । यस शो अहिले अडियन्सको रोजाईमा नम्बर १ मा परेको छ । रोहित शेट्टीको यो शो नम्बर १ नन फिक्सन शो बनेको छ ।

यस शो ले यस क्याटगोरीमा सुपर डान्सर ४ , डान्स दीवाने ३ , द कपिल शर्मा शो , केबीसी लाई समेत पछि पारेको छ । बार्क रेटिंगमा नन फिक्शन क्याटगोरीमा सबैभन्दा टपमा खतरो के खेलाडी ११ रहेको छ ।

दोस्रो नम्बरमा सुपर डान्सर ४ , तेस्रोमा डान्स दिवाने ३ , चौथोमा द कपिल शर्मा शो, पाँचौमा कौन बनेगा करोडपति अर्थात केबीसी रहेका छन् । नम्बर १ मा परेर खतरो के खेलाडीले सबै शो लाई तल पारेको छ । यस शो लाई बर्षाै देखी दर्शकको माया मिलिरहेको छ ।

यस शो मा एकदमै खतरा प्रतिष्पर्धीहरु , कमिक एलिमेन्ट, रोहीतको होस्टींग स्टाइल, खतरनाक स्टन्टले धेरैलाई मनोरञ्जन प्रदान गरेको छ । अहिले यो शो मा अर्जुन बिजलानी, दिब्यांका त्रिपाठी , राहुल बैद्य , श्वेता तिवारी, बिशाल आदित्य सिंह रहेका छन् । केही हप्तामै यसको बिजेता घोषणा हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर