नेपालको ४ विकेट ढल्यो , आजै मात्र डेब्यु गरेका गुल्सन र कप्तान ज्ञानेन्द्र सम्हालिएर ब्याटिंग गर्दै — OSNepal

नेपालको ४ विकेट ढल्यो , आजै मात्र डेब्यु गरेका गुल्सन र कप्तान ज्ञानेन्द्र सम्हालिएर ब्याटिंग गर्दै

LC (KTM) September 17, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अहिले नेपालको ४ विकेट झरेको छ । आशिफ सेख, कुशल भुर्तेल, रोहीत पौडेल र बिनोद भण्डारी आउट भएका हुन् ।

अहिले क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल र आजै मात्र डेब्यु गरेका बलर गुलसन झाले ब्याटिंग गरिरहेका छन् । खेलको सुरुवाती ११ मा पर्दै गुलशनले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । पहिलो पटक राष्ट्रिय टिममा परेका गुलशनले सुरुवाती दुई खेल भने खेलेका थिएनन् ।

अमेरिकाविरुद्ध भने उनले मौका पाएका हुन् । बिक्रम शोबको स्थानमा गुलशनले मौका पाएका हुन् । नेपालले अहिलेको ताजा अवस्थामा अमेरिका बिरुद्ध ३० ओभरमा ४ विकेटको क्षतीमा १११ रन बनाएर खेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर