वर्तमान सरकार तथा सत्ता साझेदार दलहरुले संसदको अवरोध समाधान गर्नतर्फ भन्दा पनि पेलेरै अघि बढ्न खोजेको रावलको आरोप — OSNepal

वर्तमान सरकार तथा सत्ता साझेदार दलहरुले संसदको अवरोध समाधान गर्नतर्फ भन्दा पनि पेलेरै अघि बढ्न खोजेको रावलको आरोप

LC (KTM) September 17, 2021 0

डोटी १ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देशको स्वाधीनता तथा अखण्डता संकटमा परेको बेला वर्तमान सरकार मौन बसेको आरोप लगाएका छन् । आज शुक्रबार प्रेस चौतारी अछामले आयोजना गरेको पत्रकार भेटघाटमा नेता रावलले यस्तो आरोप लगाएका हुन् ।

वर्तमान सरकार तथा सत्ता साझेदारहरु दलहरुले संसदको अवरोध समाधान गर्नतर्फ भन्दा पनि पेलेरै अघि बढ्न खोजेको उनको भनाई रहेको छ । समाधानका लागि सरकारको नेतृत्वकर्ताले कुनै पहल नगरेको उनको गुनासो रहेको छ ।

नेपालको इतिहासमा पहिलो पटक बजे डोलिडे भएको बताएका उनले यस विषयमा सरकारको नेतृत्व गरिरहेकाहरुलाई कुनै चिन्ता नभएको साथै दुई महिना बितिसक्दा समेत मन्त्रीमण्डलले पूर्णता नपाउनु अर्को बिडम्बना रहेको बताएका छन् ।

‘कुनै राजनीतिक दल विभाजनका लागि केन्द्रीय कमिटी र संसदमा ४० प्रतिशत हुनुपर्ने कानूनी व्यवस्था छ । निवर्तमान सरकारले दुवैमध्ये कुनै एउटामा ४० प्रतिशत भए हुने अध्यादेश ल्याउँदा निकै विरोध गर्नेहरुले वर्तमान सत्ता साझेदार दलले कुनै एउटामा मात्रैमा २० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने अध्यादेश ल्याउँदा पनि समर्थन गरेको देख्दा अचम्म लाग्छ’ कार्यक्रममा उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर