भारतीय प्रधानमन्त्री मोदीलाई अक्षय कुमारले दिए यसरी जन्म दिनको शुभकामना — OSNepal

भारतीय प्रधानमन्त्री मोदीलाई अक्षय कुमारले दिए यसरी जन्म दिनको शुभकामना

LC (KTM) September 17, 2021 0

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रसिद्धि बिश्वभर रहेको छ । सामाजिक सञ्जालमा मोदी एकदमै सक्रिय रहेका छन् । नरेन्द्र मोदीले आज आफ्नो ७१ औ जन्म दिन मनाएका छन् । यस अवसरमा उनलाई धेरै तिर बाट बधाई आईरहेको छ ।

बलिउड उद्योग पनि नरेन्द्र मोदीबाट निक्कै प्रभावित रहेको छ । प्रधानमन्त्रीको जन्मदिनको अवसरमा बलिउड बाट पनि एकदमै धेरै बधाई आईरहेको छ । उनको जन्मदिनको अवसरमा बलिउडका महानायक अमिताभ बच्चन, अक्षय कुमार ,रितेश देशमुख, निम्रत कौर लगायतका सेलीब्रेटीहरुले बधाई तथा शुभकामना दिएका छन् ।

अक्षयले जन्म दिनको शुभकामना दिदै भनेका छन्– तपाईले मलाई सधै आफ्नै मन बाट हौसला तथा आशीर्बाद दिनु भएको छ । म तपाई जस्तो त लेख्न जान्दिन तर आज तपाईको जन्मदिनमा मन बाटै बधाई दिई रहेको छु ।

तपाई सधै स्वास्थ्य रहनुस् , खुशी रहनुस् मेरो भगवान संग तपाईको लागि यहि कामना छ । साथै नेहा धुपिया तथा अभिषेक बच्चनले समेतले जन्म दिनको शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर